स्वास्थ राज्यमन्त्री यादवद्वारा सञ्चालित अस्पतालमा एक नर्सको मृत्यु



जनकपुरधामः संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवद्वारा संचालित जनकपुरस्थित जानकी हेल्थ केयर एण्ड टिचिङग हस्पीटलमा एक नर्स पासाे लगाएकाे अवस्थामा मृत फेला परेकी छिन ।

आईतवार अबेर राति करीब १ बजेतिर अस्पतालकाेे पहिलाे तल्लामा रहेकाे बाथरूममा पासाे लगाएकाे मृत अवस्थामा साेही अस्पतालमा कार्यरत नर्स  महाेतरी जिल्ला गाैशला नगरपालिका रामनगर निवासी रक्षा आले मृत अवसथामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।

आईतवार बिहान घटनाकाे मुचुलका उठाई शव पाेष्टमार्टमका लागि जनकपुर अंचल अस्पतालमा पठाइएकाे र घटनाबारे अनुसन्धान भई रहेकाे प्रहरी नायब उपरिक्षक रामेश्वर काफ्लेले जनाएकाे छ ।

नर्सले अस्पतालमा के कारणले पासाे लगाएकाे बारे घटना शंकास्पद रहेकाे भनी सत्य तथ्य  छानबिनका मांग स्थानीय महिला अधिकारवादी संघ संस्थाहरूले गरेका छन । उनीहरूले घटना ढाकछाेप गर्न माथिल्लाे निकायबाट मन्त्री यादव लागि परेकाे आराेप लगाएका छन् । चर्काे शुल्क र बिरामी बढी मर्ने गरेकाे साे हस्पीटल पटक पटक विवादित बन्दै आएकाे छ ।

प्रतिक्रिया दिनुहोस्