सडक कालोपत्रेको माग गर्दै मुख्यमन्त्रीलाई सांसदको ध्यानाकर्षण



कैलाली : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसदहरूले धनगढी हसनपुर देखी स्याउले बजार सडक कालोपत्रेको माग गर्दै सुदूरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएका छन् । 

प्रदेश सभा सदस्य दीर्घ बहादुर सोडारीको नेतृत्वमा स्थानीय सहितको टोलीले मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । सडकको दुरावस्थाका कारण आवतजावत गर्न अत्यन्तै कठिन भएकाले चालु आर्थिक वर्ष भित्रै सडक कालोपत्रे गराउन दबाबका लागि ध्यानाकर्षण गराइएको सोडारीले बताए । 

संघीय सांसद लेखराज भट्ट, प्रदेश सभा सदस्य चुनकुमारी चौधरी, नेकपाका प्रदेश सदस्य उद्धव भट्टराईसहित स्थानीयको हस्ताक्षरसहित ध्यानाकर्षण पत्र बुझाइएको हो । 

अत्तरीया-मोहना ६ लेन सडक निर्माण भइरहेको समयमा हसनपपुर स्याउले सडकखण्डलाई वैकल्पिक ४ लेन सडकको रूपमा विस्तार गर्नुपर्ने उनीहरूको माग छ । 

ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री भट्टले सो सडकको लागत स्टीमेट तयार भैसकेको र चालु आर्थिक वर्ष भित्रै प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्