आबुधाबीमा पहिलो हिन्दु मन्दिर, राजकुमारले गरे जग्गा दान



एजेन्सी : मुस्लिम राष्ट्र युएईको अबुधाबीमा पहिलो पटक हिन्दु धर्मवालम्बीको मन्दिरको बन्ने भएको छ । बोचासंवासी श्री अक्षर-पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) ले निर्माण गर्न लागेको मन्दिरको शिलान्यास गरिएको छ । 

संस्थाका अध्यक्ष आध्यात्मिक गुरु महन्त स्वामी महाराजले मन्दिरको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा यूएईका सरकारी अधिकारी र मन्त्री उपस्थित थिए । न्दिर निर्माणको अनुमति सन् २०१५ मै दिइएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यूएईको भ्रमणका बेला मन्दिर निर्माणको अनुमति मिलेको थियो । 

मन्दिर निर्माणका लागि राजकुमार शेख मोहम्मद बिन जाएद अल नहयनले जग्गा दान दिएका हुन् । ५५ हजार बर्ग मिटरमा निर्माण हुन लागिरहेको उक्त मन्दिर निर्माणका लागि राजस्थानको विषेश गुलाबी पत्थर र मार्बल प्रयोग हुने छ । आबुधाबीमा हिन्दु मन्दिर बन्ने समाचारपछि विश्वभरका हिन्दुहरुले यसको प्रशंसा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्