शालिग्राम चोरी गर्ने पक्राउ



म्याग्दी : दुर्लभ शालिग्राम शिला चोरी गर्ने मध्येका एक पक्राउ परेका छन् । गत फागुन ४ गते कुश्मा नगरपालिका ५ मा रहेको नृसिंह मन्दिरको ढोका फुटाएर भएको चोरीमा संलग्नको आरोपमा धादिङ घर भई कुस्मा नगरपालिका बस्ने २५ वर्षीय अञ्जन बराइली पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उनलाई काठमाडौँ महानगरपालिका ३ महाराजगन्जबाट पक्राउ गरिएको हो । उनलाई पुर्पक्षका लागी जिल्ला कारागार पर्वत चलान गरिएको छ । 

चोरीमा संलग्न अन्य ३ जनालाई प्रहरीले यसअगाडि नै पक्राउ गरी सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्