जन्ती बोकेको बस दुर्घटना, ६ घाइते



म्याग्दी : पश्चिम बाग्लुङको ताराखोलामा आइतबार जन्ती बोकेको बस दुर्घटना भएको छ । ध१ख ४६८ नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । 

बस जन्ती लिएर तारा खोला–१, माझखर्कमा फर्कँदै गर्दा बिहुँ–५, भ्युटावर नजिकै दुर्घटना भएको हो । घाइतेको जिल्ला अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्