नेकपा सचिवालयको बैठक बालुवाटारमा, एकता टुंग्याइँदै



काठमाडौँ : एकतालाई अन्तिम रुप दिन सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरअघि सुरु भएको छ। 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितले पार्टी एकताको सबै काम टुंगिएको बताएका बेला सचिवालय बैठक सुरु भएको हो । स्रोतका अनुसार नेकपा स्थापना दिवसको अवसरमा सोमबार एकताको औपचारिक घोषणा गर्ने गरी काम टुंग्याइएको हो । 

एकताको सबै काम आइतवारै बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीसँग र प्रचण्डले छलफल गरे टुंग्याएका थिए । 'पार्टी एकताको काम प्रधानमन्त्रीसँगको छलफलबाट टुंगो लागेको छ', प्रचण्डले भनेका थिए, 'यसलाई सोमबार घोषणा गर्ने गरी निर्णय लिन अपरान्ह ६ बजे सचिवालय बैठक डाकिएको छ ।'

प्रतिक्रिया दिनुहोस्