हनुमान मन्दिरको जग्गा अतिक्रमण



जनकपुरधाम : जनकपुरधामस्थित एक हनुमान मन्दिरको साढे ११ विग्घा जग्गा किर्ते गरी भू माफियाहरूले कब्जा गरेका छन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सियाराम साहले जनकपुरधाम ११ मा रहेको मनोकामना सिद्ध हनुमान मन्दिरको जग्गा मोही र जोतहाको किर्ते कागज बनाई भू माफियाहरूले कब्जा गरेको आरोप लगाएका हुन् ।

आइतबार पत्रकार सम्मेलन नै गरेर उनले भूमि सुधार कार्यालयले किर्ते कागजको आधारमा मोही कायम गरेको र नापी शाखा धनुषाले ठूलो रकमको चलखेल गरी व्यतिmहरुको नाममा श्रेस्ता कायम गरेको बताए । 

मन्दिर सञ्चालनको सहजताका लागि विभिन्न व्यक्तिले दान गरेको जग्गा किर्ते गरी अतिक्रमण गरेको गुनासो सम्बन्धित निकायमा पटक पटक गर्दा पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । 

जग्गा अतिक्रमणमा परेपछि मन्दिर सञ्चालनमा समस्या उत्पन्न भएको छ । 

अतिक्रमणमा परेको जग्गामा निजी भौतिक संरचनासमेत निर्माण भएका छन् ।

जनकपुरधाम क्षेत्रमा उच्च राजनीतिक नेतृत्वदेखि सरकारका उच्चपदस्थ अधिकारीहरूको संरक्षणमा जग्गा अतिक्रमण हुँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस्