३१ परियोजनाका लागि २५ अर्बको प्रतिबद्धता, मेट्रो रेलमा पनि प्रस्ताव



काठमाडौं : सरकारले आयोजना गरेको लगानी सम्मेलनबाट ७७ परियोजनामध्ये ३१ परियोजनामा लगानी प्रतिबद्धता आएको छ । कूल २५ खर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको छ ।

२६ वटा परियोजना ‘शोकेश’ मा भएका र आह्वान नभएका थप पाँच गरी कूल ३१ परियोजनामा आवेदन परेको हो ।    

पत्रकार सम्मेलन आयोजना गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उत्साहजनक रुपमा प्रस्ताव आएको बताउँदै प्राप्त भएका प्रस्तावलाई मसिनोसँग अध्ययन गरेर आवश्यक निर्णय लिइने बताए । 

सम्मेलनका क्रममा सरकारीस्तरबाट ५० र निजी क्षेत्रले २५ आयोजनालाई ‘शोकेश’ मा राखेका थिए । शोकेशमा राखिएका आयोजनामध्ये धेरैले भौतिक पूर्वाधार, ऊर्जा, शहरी पूर्वाधारमा चासो व्यक्त गरेका छन् ।     

बोर्डका अनुसार कृषि पूर्वाधारतर्फ सात वटा परियोजनाका लागि प्रस्ताव आएको छ । त्यसमा उर्लाबारी, हेम्जा, बनेपा र चितवन, वीरेन्द्रनगर र तिलोत्तमामा एकीकृत कृषि पूर्वाधारका लागि प्रस्ताव परेका हुन् ।     

स्वास्थ्य तथा शिक्षमा धुलिखेल मेडिसिटी र गण्डकी टेक्निकल विश्वविद्यालयका लागि समान एक–एक प्रस्ताव परेका छन् । ऊर्जातर्फ ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजनाका लागि दुई वटा प्रस्ताव आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । 

पश्चिम सेती ७५०, एसआर ६ ९२७, सुनकोशी दोस्रो एक हजार ११०, सुनकोशी तेस्रो ५३६, तल्लो अरुण एक हजार ३०० र ५५० मेगावाट क्षमताको सौर्य परियोजनाका लागि समान एकरएक वटा प्रस्ताव आएका छन् ।     

औद्योगिक पूर्वाधारतर्फ एक आवेदन परेको छ । पर्यटनतर्फ तीन वटा परियोजनाका लागि प्रस्ताव आएका छन् । त्यसमा जानकी हेरिटेज होटल, तालतलैया थेमे पार्क र ड्रिमल्याण्ड धुलिखेलका लागि पनि एक÷एक वटा प्रस्ताव परेका छन् ।     

यातायात पूर्वाधारका लागि नौ वटा परियोजनाका लागि प्रस्ताव आएका छन् । काठमाडौँ चक्रपथ, बाहिरी चक्रपथका लागि चाररचार वटा प्रस्ताव आएका छन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छ वटा प्रस्ताव आएको प्रमुख कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए ।

काठमाडौँ उपत्यका मेट्रो रेल, पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ–पोखरा लुम्बिनी रेलमार्ग, काठमाडौँको स्कार्य रेलका लागि समान एक–एक प्रस्ताव परेका छन् । सामाखुसी–टोखा–छहरे सुरुङमार्ग र धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि समान दुईरदुई वटा प्रस्ताव आएका छन् ।

शहरी पूर्वाधारतर्फ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणका लागि दुई, जनकपुरको फोहर व्यवस्थापन, विराटनगरको फोहर व्यवस्थापन र मेलम्ची, खोकनालगायतका क्षेत्रमा फोहर पानीव्यवस्थापनका लागि एकरएक प्रस्ताव परेका छन् ।     

सम्मेलनमा भएको सहभागिताका बारेमा पहिलो पटक आधिकारिक जानकारी दिँदै बोर्डले ४० देशका ८०९ प्रतिनिधि सहभागी भएका थिए । त्यसमा ३०० कम्पनी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्