आठौँ राष्ट्रिय खेलकुद : आर्मीको अग्रता कायमै



काठमाडौं : आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा अहिलेसम्म पाँच सय २५ पदकको टुङ्गो लागेको छ । प्रतियोगितामा एक सय ४९ स्वर्ण, एक सय ४८ रजत र दुई सय २८ कास्य पदकको छिनोफानो भएको छ । 

प्रतियोगितामा सेनाको त्रिभुवन आर्मी क्लबले अग्रता गरेको छ । आर्मीले ६० स्वर्ण, ४१ रजत र ३५ कास्य गरी एक सय ३६ पदक जित्दै अग्रता कायम गरेको हो । 

पदक तालिकाको दोस्रो स्थानमा सशस्त्र प्रहरीको एपिएफ क्लबले २५ स्वर्ण, २२ रजत र ३१ कास्यसहित ७८ पदक जितेको छ । प्रतियोगिताको तेस्रो स्थानमा रहेको प्रहरीको पुलिस क्लबले २४ स्वर्ण, २३ रजत र २३ कास्य गरी ७० पदक हासिल गरेको छ । 

राष्ट्रिय खेलकूद परिषद (राखेप)का अनुसार चौथोँ स्थानमा रहेको प्रदेश ३ ले १० स्वर्ण, १८ रजत र ३४ कास्यसहित ६२ पदक, पाँचौँ स्थानमा रहेको सुदूरपश्चिम प्रदेशले सात स्वर्ण, पाँच रजत र १५ कास्यसहित २७ पदक, छैठौँ स्थानमा रहेको गण्डकी प्रदेशले ६ स्वर्ण, १० रजत र २३ कास्यसहित ३९ पदक र सातौँ स्थानमा रहेको प्रदेश २ ले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित १८ पदक जितेको छ । 

आठौँ स्थानमा रहेको प्रदेश ५ ले चार स्वर्ण, १२ रजत र २५ कास्यसहित ४१ पदक, नवौँ स्थानको प्रदेश १ ले तीन स्वर्ण, १० रजत र ३१ कास्यसहित ४४ पदक, दशौँ स्थानमा रहेको कर्णाली प्रदेशले दुई स्वर्ण, एक रजत र एक कास्यसहित पाँच पदक तथा अन्तिम स्थानमा रहेको गैर आवासीय नेपाली सङ्घ ९एनआरएन०ले दुई स्वर्ण र दुई कास्य पदक जितेको छ । प्रदेश ५ खेलकूद विकास समितिका अध्यक्ष भीम वलीका अनुसार  अझै २२३ स्वर्ण, २२३ रजत र ३३५ कास्यसहित ७८१ पदकको टुङ्गो लाग्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्