प्रचण्डलाई रेखा थापाको झटारो : ‘तपाईंले बम नपड्काएर परेवा उडाउनुभएको थियो र ?’



काठमाडौं : नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर नायिका रेखा थापाले कटाक्ष गरेकी छिन् । आइतबार चितवनको एक विद्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले बम पड्काएर जनतामा आतङ्क सिर्जना नगर्न विप्लवलाई आग्रह गरेका थिए । 

उनले विप्लवलाई भ्रमबाट मुक्त भएर वार्ता, संवादमा आउन आग्रह गरे । ‘एक, दुइटा बम पड्काएर जनतालाई आतङ्कित पारेर चन्दा उठाएर हिँड्ने यो अवस्था होइन,’ उनले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो ।’

यही अभिव्यक्तिलाई रेखाले व्यङ्ग्य हानेकी हुन् । थापाले विप्लवलाई बम पड्काएर परिवर्तन आउँदैन भनेको समाचार सेयर गर्दै प्रश्न गरेकी छिन्, ‘आफूले चैँ कहाँ परेवा उडाएका थियौ र ?’

प्रतिक्रिया दिनुहोस्