‘घटनाको छिटो सूचना दिन विद्यार्थीको महत्त्वपूर्ण भूमिका’



कैलाली : कैलाली बहुमुखी क्याम्पसमा स्नातक तह बिएसडब्ल्यु दोस्रो वर्षमा अध्ययनरत विद्याथीसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालय कैलालीले विद्यार्थी प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यार्थीहरूले घटनाको  छिटो छरितो सूचना दिन सक्ने भएकाले कार्यक्रम गरिएको जिल्ला प्रहरी प्रमुख एसपी आभूषण तिम्सिनाले जानकारी दिए । 

यो कार्यक्रमले धनगढी उप–महानगरपालिकामा शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने नगर प्रमुख नृप वडले बताएका छन् । 

विद्यार्थी प्रहरी साझेदारी कार्यक्रम भएकोमा कैलाली बहुमुखी क्याम्पसका प्रमुख डाक्टर पदमराज जोशीले खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्