राेकी राखेकाे ट्रकलाई माेटरसाइकलले ठक्कर दिँदा एक जनाकाे ज्यान गयाे



नवलपरासी : पश्चिम नवलपरासी रामग्राम–१० नदवामा गएराति भएको सवारी दुर्घटनामा एक जनाकाे ज्यान गएकाे छ।

एक जना घाइते भएका छन्। रोकी राखेको यूपी ६५ बीपी ३९११ नम्बरको भारतीय ट्रकमा पछाडिबाट लु७प १३१२ नम्बरको मोटरसाइकल ठोक्किएकाे थियाे। 

मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवकाे मृत्यु भएकाे हाे। घटनामा घाइते भएका यादवलाई उपचारार्थ जिल्लाकाे पृथ्वीचन्द्र अस्पतालमा लगिएकाे र उनकाे त्यहीँ मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परी सोही स्थानका २२ वर्षीय रामकृष्ण कहार घाइते भएका छन्। दुर्घटना परासी–भैरहवाअन्तर्गत हुलाकी सडकमा भएको हो।

प्रतिक्रिया दिनुहोस्