फेल भएर दिक्क हुनुहुन्छ ? अब यसो गर्नुस्



मानिस आफूमा स्मरण शक्ति बढाउन सदैव तल्लीन हुन्छ। खासगरी विद्यार्थी स्मरण शक्ति बढाउने तरिकाको खाजीमै हुन्छन्। आफ्नो स्मरणशक्ति बढाउने तीव्र इच्छाशक्ति सबैमा हुन्छ नै। तर कतिले सम्झने शक्ति बढाउन सक्छन् त ? यो प्रश्नको उत्तर भने आउला ? 

मानिसको मस्तिष्कको बनावट एंव सूचना सम्पादन गर्ने प्रक्रिया उस्तै हुन्छ। सबै मानव पनि उस्तै हुन्छन्। तर पनि कोही स्मरण शक्तिमा कमजोर र कोही अब्बल किन हुन्छन् त ? कोही सबै विषयमा फेल हुन्छन्, कोही विशिष्ट अंकसहित उत्तीर्ण हुन्छन्। तर चाहने हो भने आफ्नो स्मरणशक्तिको सञ्चयप्रक्रिया मजबुत बनाउन सकिन्छ।  यसको कारणबारे हामी यहाँ केही चर्चा गर्दैछौं। 

बच्चाको एकबर्से कालसम्म छातिका परिधिभन्दा टाउको ३ सेन्टिमिटर ज्यादा हुन्छ। बच्चा जन्मँदा टाउकोको परिधि ३५ सेमि हुन्छ। ३ महिनामा ४० सेमि भई सात वर्ष पुग्दा ५० सेमि पुग्छ। जन्मेदेखि नै बढ्ने क्रम जारी हुन्छ। मस्तिष्कमा सबैभन्दा बाहिरको भागमा ‘सेरिब्रम कोर्टेक्स’को खाडल हुन्छ। यो ग्रे म्याटर अर्थात् खैरो भागले नै हाम्रो बुद्धिमताको पहिचान दिन्छ। मस्तिष्कका कोषलाई न्युरोन भनिन्छ। 

एक मध्यम दिमागमा झण्डै १५ सय करोड अर्थात् १५ अर्ब न्युरोन हुन्छन्। सन १९६० मा एक चिकित्सकले छिनछिनमा बेहोस हुने व्यक्तिको कर्पोस क्यालोजम निकालिदिए। डाक्टर रोजर स्पेरी नामक अर्का चिकित्सकले ती व्यक्तिको अध्ययन गर्दा उनका देब्र र दाहिने दिमागले सोच्ने र गर्ने काम तरिका फरक पाए। यस परीक्षणबाट डा.रोजरी नोबल पुरस्कारबाट पनि सम्मानित भएका थिए।

मस्तिष्कले गर्दा नै मानिस सर्वश्रेष्ठ प्राणी भएको छ र सिक्न सदा भोको भइरहेको हुन्छ यो नै सफलताको गोप्य सूत्र हो। 

पढेको कुरालाई कसरी सम्झने त ? 

१.मस्तिष्कमा प्रवाहमा भएका सूचना बारम्बार सोच्ने 

२. मनमनै सकेसम्म छिटो पढ्ने 

३. पढेका कुरालाई आफ्नो व्यक्तिगत घटनासँग दाँज्ने 

४. दैनिक रूपमा कसरत र सन्तुलित भोजन गर्ने 

५. चित्र वा शब्दचित्र बनाएर पढ्ने 

६. मैले स्मरण गर्न सक्छु भनी आत्मविश्वास राख्ने 

७. परीक्षाको समयमा अनावश्यक कुरामा ध्यान नदिने 

८. पढाइका कुराहरुको कल्पना गर्ने 

९. विभिन्न सूत्र बनाएर पढ्ने 

१०.पढेका कुरा साथीभाइसँग बारम्बार छलफल गर्ने 

प्रतिक्रिया दिनुहोस्