मंगोल नेशनल अर्गनाइजेशनको राष्ट्रिय जागरण अभियान



म्याग्दी : मंगोल नेशनल अर्गनाइजेशन म्याग्दीले राष्ट्रिय जागरण अभियानलाई तीव्रता दिएको छ। बेनी नगरापालिका –३ भकिल्मीमा आइतबारबाट सुरु गरिएको राष्ट्रिय जागरण अभियानको ‘गाउँ गाउँ बस्ती बस्ती जाऔं, मुलवासी मंगोल जगाऔँ, अस्तित्व जोगाऔं ’ नारा तय गरिएको छ।

कार्यक्रममा प्रशिक्षक केन्द्रिय सदस्य दिक्पाल मंगोलले स्थापना समयदेखि नै मंगोल नेशनल अर्गनाईजेशनले लोकतन्त्र, धर्मनिरपेक्षता, र प्रान्तिय सरकारको वकालत गर्दै आइरहेको बताए। उनले नेपालको संविधानले आर्य र मंगोलको अस्तित्वमा विभेद गरेको बताउँदै हक अधिकार र अस्तित्व प्राप्तिका लागि बैचारिक बहस, कलम र विचारको युद्धबाट सशक्त भएर अघि बढ्ने उद्घोष गरे।

आफ्नो अस्तित्व स्थापित गर्न सबै एकजुट भएर मंगोल नेशनल अर्गनाईजेशनको अभियानमा सहभागी हुन र वर्णभेदी नीतिको खुलेर विरोध गर्न समेत उनले आग्रह गरे। यसैगरी राष्ट्रिय जागरण अभियान अन्तर्गत बेनपा चिनाखेत टोल सभा र बेनपा ३ वडा सभा गठन गरिएको छ। दिलबहादुर पुनको अध्यक्षतामा १७ सदस्यीय चिनाखेत टोल सभा गठन गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्