सरकारले हावादारी सपना देखायो : नेता केसी 



रुपन्देही : नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननर सिंह केसीले सरकारले हावादारी सपना देखाएको टिप्पणी गरेका छन्। उनले हावादारी सपनाले मुलुकमा समृद्धि आउन नसक्ने प्रष्ट पारे। रिपोर्टस क्लब प्रदेश ५ बुटवलमा सोमबार भएको साक्षात्कारमा बोल्दै नेता केसीले यस्तो कुरा बताएका हुन।

लोकतन्त्रको आवरणमा सरकार  सर्वसत्तावाद र अधिनायकवादको बाटोमा गएको भन्दै पूर्वमन्त्री समेत रहेका केसीले अहिलेको सरकारले संसदीय ब्यवस्था फेल गराउने पो हो की भन्ने चिन्ता लागेको बताए। ‘राष्ट्रिय लुटको महायात्रामा बालुवाटार गइसक्यो, अब भोलीका दिनमा सिंहदरबार, टँुडिखेल कसरी सुरक्षित हुन्छ’, उनले भने ।

सरकार ३३ केजी सुन, बुढिगण्डकी, वाइडबढी, फोर जी, बालुवाटारको जग्गा, निर्मला पन्त हत्या काण्डमा पूर्णत फेल भएको उनको भनाइ छ।  प्रधानमन्त्री शक्तिको भोग र शक्तिमा मात्रै केन्द्रित भएको उनले टिप्पणी गरे।  

बुटवलमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाइएको प्रकरणमा बोल्दै केसीले भने, ‘लोकतन्त्रमा  स्वागत, कालोझण्डा देखाउने सर्वाेपरि मान्यता हो, प्रधानमन्त्रीले हात मिलाएर के छ भाइ भनेर हिँड्नुपर्थ्यो।’

प्रतिक्रिया दिनुहोस्