लागू औषधसहित एक युवक पक्राउ



जनकपुरधाम : लागू औषधसहित एक युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सम्सी गाउँपालिका ७ सम्सी बजारबाट अवैध लागू औषधसहित वडा नम्बर ३ का १९ वर्षीय शुशिलकुमार यादवलाई पक्राउ गरेको हो।

सम्सी प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीले चेकजाँचको क्रममा भारत सीमावर्ती क्षेत्रबाट पैदल आइरहेका शुशिलको साथबाट डाईजोल्याव, नोरफीन, फेनारगन ५०–५० एम्पुल र इस्पास्मो ९६ ट्याब्लेट बरामद गरेको थियो।

प्रहरी नियन्त्रणमा रहेका शुशिलविरुद्ध लागू औषध ओसार पसारको मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाइको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्