अक्षयकुमार पनि चुनाव लड्दै ! राजनीतिमा जानेबारे यसो भने 



एजेन्सी : बलिउडका खेलाडी कुमारको एक ट्वीट अहिले व्यापक चर्चामा छ । समाचार अनुसार अक्षय कुमारले सोमवार आफ्नो अफिसियल ट्व‍िटर एकाउन्टबाट गरेको ट्विटले बलिउड र भारतको राजनीति तातेको हो । 

उनको यस ट्विटलाई लिएर अनेक किसिमका अनुमान लगाइँदैछ । समाचार अनुसार उनले अरुलाई चकित पार्ने किसिमले ट्वीटमा चुनावी मौसममा मानिसहरु आफू राजनीतिमा लागोस भनेर कुरा गर्न थालेको बताएका छन् । 

तर पनि उनले अर्को एक ट्विट गरेर राजनीतिमा पस्ने चर्चालाई पूर्णविराम लगाउने कोशिश पनि गरेका छन् । आखिर अक्षयले त्यस्तो के ट्वीट गरे चर्चा गरौँ । 

अक्षय कुमारले सोमबार बिहान एक ट्वीट गर्दै लेखेका छन्, 'एक नयाँ क्षेत्रमा आज कदम राख्न गइरहेको छु । म यस्तो गर्दैछु, जुन आजसम्म मैले गरेको छैन। म मेरो नयाँ कदमलाई लिएर उत्साहित र नर्बस दुवै छु । अपडेटका लागि मलाई सम्झिराख्नुस् ।'

अक्षय कुमारको यस ट्वीटपछि सामाजिक सञ्जालमा उनी राजनीतिमा जान लागेको अनुमानसहित बहस भइरहेको छ। कयौँले भाजपामा गएर चुनाव लड्ने पनि अनुमान गरे । सामाजिक सञ्जालमा विनोद खन्नाको गुरुदासपुर लोकसभा सिटबाट अक्षय कुमार चुनाव लड्न सक्ने पनि चर्चा भयो । 

तर यस ट्विटपछि अक्षयले अर्को नयाँ ट्वीट गर्दै राजनीतिमा प्रवेश गर्न लागेको अनुमानलाई गलत सावित गरिदिए । उनले दोस्रो ट्विटमा लेखे, 'मैले अघि गरेको ट्वीटमा रुचि देखाउनुभएकोमा सबैलाई धन्यवाद ! म प्रष्टसँग भन्दैछु, अहिले राजनीतिमा जाने योजना छैन ।'

जब अक्षय राजनीतिमा कदम नराख्ने पक्षमा देखिए तब उनका फ्यान पनि खुसी भए । उनीहरुले राजनीतिमा नजाने निर्णयको प्रशंसा गर्दै बधाई पनि दिए । 

अक्षय कुमार चाँडै रोहित शेट्टीको फिल्म सूर्यवंशीमा देखिनेवाला छन् । यस फिल्ममा उनके अपोजिट कटरिना कैफ हुनेछिन् । यसको आधिकारिक घोषणास्वरुप अक्षय कुमारले सोमवार एक तस्विर सेयर गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्