ट्रयाक्टरको ठक्करबाट बालिकाको मृत्यु



सर्लाही : जिल्लाको कौडेना गाउँपालिकामा सोमबार अपरान्ह ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। ज१त ३९५८ नम्वरको ट्रयाक्टरले ठक्कर दिँदा कौडेना गाउँपालिका–६, सक्रौल निवासी राधे रायकी ४ वर्षीया छोरी पूजाकुमारी रायको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी फेन्हराले जनाएको छ।

सडकमा खेलिरहेका बेला बालिकालाई ट्रयाक्टरले ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन्। दुर्घटनामा संलग्न ट्रयाक्टर र त्यसका चालक ४० वर्षीय राम नारायण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मृतक बालिकाको शव पोष्टमार्टमका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्