सुनसरीमा एक पुरुषको हत्या 



इटहरी : धारिलो हतियार प्रहार गरि सुनसरीमा एक पुरुषको हत्या गरिएको छ। इनरुवा वडा नम्बर ७ को चाँदवेलाका २५ वर्षीय मुकेश ऋषिदेवको हत्या गरिएको हो। जिल्ला प्रहरी कार्यालय सुुनसरीका अनुसार, सोमबार बिहान ऋषिदेवको घरमै टाउँको काटिएको र घाटीमा कपडा बेरिएको अवस्थामा शव फेला परेको हो।

सधैजसो मुकेश र उनकी श्रीमती बिमलाको झगडा हुने गथ्र्यो। ‘हत्या भएको सूचना आएपछि प्रहरी पुग्दा घरमा उनकी श्रीमती विमला र दुई जना छोराछोरी थिएनन,’ डिएसपी ज्ञानेन्द्र फूयँलले भने, ‘श्रीमती छोराछोरी लिएर फरार हुँदा उनले नै हत्या गरेको आशंकामा अनुसन्धान थालिएको छ।’

बिमलालाई पक्राउ गर्न खोजतलास थालिएको छ। मुकेश केही वर्षदेखि बाबुआमासँग छुटिएर अलगै बस्दै आएका थिए। मुकेशको घरमा बिहान अबेरसम्म सुनसान भएपछि आमाले गएर घरमा हेर्दा हत्या भएको पत्ता लागेको थियो।

प्रतिक्रिया दिनुहोस्