जरायोको सिंह र लागू औषधसहित १ जना पक्राउ



वीरगन्ज : लागू औषध गाँजा र जरायोको सिंहसहित पर्सा प्रहरीले एक व्यक्तिलाई सोमबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ का ३९ वर्षीय उमेश सहनी रहेका छन्।

सहनीले आफ्नो घरमा लुकाई छिपाई राखेको अवस्थामा ७० किलो गाँजा र साढे तीन फिट लम्बाई भएको एक थान जरायोको सिंह फेला पारेको पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए।

विशेष सूचनाको आधारमा प्रहरीले सहनीको घरमा छापामारी गाँजा र जरायोको सिंह फेला पारेको हो। पक्राउ परेका सहनीलाई जिल्ला अदालतबाट म्याद थप गराई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्