वीरगन्जको चौथो नगरपरिषद सम्पन्न



वीरगन्ज : वीरगन्ज महानगरपालिकाको चौथो नगरपरिषद सोमबार सम्पन्न भएको छ । नगरपरिषद्मा विगतमा देखिएका राजनैतिक असहमति हटाउँदै आगामी दिनमा महानगरका विकासमा सबै जनप्रतिनिधिहरू एक भएर अगाडि बढ्ने प्रतिबद्धता जनाइएको छ । 

नगरपरिषद्मा बोल्दै महानगर प्रमुख विजय सरावगीले विकास निर्माण तथा जनताको सरोकारका विषयलाई मुख्य प्राथमिकतामा राख्न वडाध्यक्षलाई आग्रह गरे । 

नगरपरिषदको बन्दसत्रमा बोल्दै विभिन्न वडाका अध्यक्षले महानगरको सरसफाइ, विजुलीवत्तीको व्यवस्थापनलगायत विभिन्न समस्याहरूको बारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्