गर्मीमा कुलर ठिक कि एसी ?



केही दिनको झरी थापिमएसँगै वायुमण्डलमा तातो हावा चल्न थालेको छ । घामको राप थप चर्को बन्दैछ । तराई लगायतका क्षेत्रको तापमान उच्च रहने गर्छ । तराईका खासगरी शहरी क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी हुनेगर्छ । मध्य गर्मीमा काठमाडौंको तापमान ३० डिग्री सेल्सियस पुग्छ ।  रुपन्देही, भैरहवा, बारा लगायतको गर्मी खपिनसक्नु हुन्छ । यी क्षेत्रमा तातो हावा चल्ने गर्छ । 

हाम्रो स्वास्थ्यका हिसाबले एसी उपयुक्त कि कुलर ?

कतिपय अवस्थामा एसी पनि ठिक लाग्छ । किनभने यसले हावालाई चिसो बनाउनका साथै खानेकुरालाई पनि ताजा राख्न सहयोग गर्छ । त्यसैगरी कुलरको कुरा गर्दा यसले धेरै विद्युत खपत गर्दैन । स्वास्थ्यका हिसाबले चाहि कुन बढी उपयोगी त ?

कुलरको खतरा

कुलरको पानी यदि समयमा बदलिएन भने यसबाट डेंगु, मलेरिया फैलाउने लामखुट्टे फैलन सक्छ । जबकी एसीमा त्यस्तो खतरा हुँदैन । हुन त लगातार एसीमा बस्नु पनि शारीरिक हिसाबले फाइदाजनक मानिदैन । तपाईं लगातार एसीमा बस्नुभयो भने एसीमै बस्ने बानी पर्छ । यसले तपाईंको प्रतिरक्षा प्रणालीमा पनि समस्या निम्त्याउँछ । किनभने एसीमा बसिरहँदा शरीरले जसरी पसिना निकाल्नुपर्ने हो, सो निस्कदैन ।

श्वासप्रश्वासको समस्या

एसीमा लामो समय विताउने व्यक्तिलाई श्वासप्रश्वासको समस्या हुनेगर्छ । एसी चलाइरहेको बेला हामी सबै झ्याल ढोका बन्द गरेर बस्छौ । बाहिरको हावा घरभित्र पस्न पाउँदैन । जति हावा कोठा एंव घरभित्र हुन्छ, त्यती हावा प्रदूषित अवस्थामा पनि हुन्छ । यसले श्वासप्रश्वास सम्बन्धी समस्या निम्त्याउँछ । यो समस्या अझ उनीहरका लागि बढी हुनसक्छ, जसलाई दमको समस्या छ ।

साइनस र टाउको दुखाई

ति व्यक्ति जो एसीमा चार घण्टाभन्दा बढी समय बिताउँछन्, उनीहरुलाई साइनसको खतरा हुन्छ ।

तौल बढाउन सक्छ

कहिले काहीँ यस्तो पनि देखिएको छ कि, एसीको कारण व्यक्तिको तौल बढ्ने । कारण के हो भने, जब तपाईं एसीमा बस्नुहुन्छ तपाईंको मेटाबोलिज्म कम हहुन्छ । दिनभर एसीमा बसेर काम गरिरहँदा शरीरबाट पसिना निस्कदैन । शरीरको फ्याट बर्न हुँदैन । यही कारण मोटोपन बढ्ने भय रहन्छ ।

छाला रुखो हुन्छ

एसीमा लगातार बसिरहँदा छाला रुखो हुने समस्या हुन्छ । एसी २० देखि २२ डिग्रीसम्म चलाइएको छ भने त खास समस्या भएन, तर त्यो भन्दा बढी चलाउँदा त्यसले छालालाई रुखो बनाउँछ । यसैले एसीमा बस्दा पर्याप्त पानी पनि पिउनुपर्छ ।

ताजा हावाबाट बञ्चित

जब तपाईं लामो समय एसी रुपमा बस्नुहुन्छ, ताजा हावा प्राप्त हुँदैन । फ्रिन ग्यासले तपाईंको कोठाको वातावरण गर्मीलाई अवाशोषित गरेर कोठालाई चिसो बनाउँछ । गर्मी हावा र वतावरण पनि स्वास्थ्यका लागि आवश्यक छ । शरीरको तापमान सन्तुलन राख्नका लागि हामीले चिसो हावाका साथै गर्मी हावामा पनि बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्