आज ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?



काठमाडौं : आज मंगलबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनकोमूल्य तोलामा तीन सयले घटेको छ ।आज छापावाल सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

हिजो सोमबार सुन ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ।

यसअघि तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।चाँदी हिजो पनि ७३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्