श्रीमती हत्याको अभियोगमा अञ्चल अस्पतालका डाक्टर जेल चलान



वीरगञ्ज : श्रीमतीको हत्या अभियोगमा नारायणी अस्पतालका चिकित्सक डा. सचितानन्द यादवलाई जेल चलान गरिएको छ । कुटपिट गरी श्रीमतीको हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतले डाक्टर यादवलाई पुर्पक्षका लागि जेल चलान गरेको हो ।

पर्सा जिल्ला अदालतका न्यायाधी चन्द्रकान्त पौडेलको इजलासले डा. यादवलाई पुर्पक्षका लागि वीरगञ्ज कारागार चलान गरिएको हो । डा. यादवको कुटाइबाट गम्भिर घाइते सुनिता यादवको उपचारको क्रममा गत चैत्र १५ गते काठमाडौंको शिक्षण अस्पतालमा मृत्यु भएको थियो ।

मृतक सुनिताको माइती पक्षले दाइजो नदिएको निहुँमा सुनितालाई श्रीमानसहितका सासु–ससुराले गत चैत्र ६ गते राति कुटपिट गरी गम्भिर घाइते बनाएको र उपचारको क्रममा मृत्यु भएको भन्दै कर्तव्य ज्यान मुद्दाको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्