वैदेशिक रोजगार : चैतमै बाहिरिए ४५ हजार युवा, दक्ष भन्दा अदक्ष धेरै



काठमाडौं : २०७५ सालको अन्तिम महिना चैतमा मात्रै ४४ हजार ९ सय ५ जनाले वैदेशिक रोजागर विभागबाट श्रम स्वीकृति लिएका छन् । चैतमा संस्थागत र व्यक्तिगतसहित ४४ हजार ९ सय ५ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन् । 

वैदेशिक रोजगार विभागका अनुसार २ हजार ७ सय १९ जना महिला र ४२ हजार १ सय ८६ जना पुरुषले खाडीसहितका देशका लागि श्रम स्वीकृति लिएका हुन् । 

विभागका अनुसार श्रम स्वीकृति लिनेमा २५ हजार १ सय ६० जना अदक्ष कामदार रहेका छन् । चैतमा २ हजार ७ सय १९ जना महिला वैदेशिक रोजगारीका लागि गएका छन् । १६ हजार ८९ जना दक्ष कामदार र ३ हजार ४ सय अर्धदक्ष कामदार रोजगारीका लागि विदेशिएका विभागको तंथ्याकमा उल्लेख छ ।

नेपालबाट वैदेशिक रोजगारमा ६० प्रतिशत भन्दा धेरै अदक्ष युवा गइरहेका छन् । धेरै मात्रमा अदक्ष कामदार खाडी र मलेसिया जाने गरेका छन् । 

मलेसियाको रोजगारी ११ महिना बितिसक्दा पनि सुचारु हुन नसकेपछि धेरै नेपाली युवाहरु कतार गइरहेका छन् । चैतमा कतार जानेको संख्या १७ हजार भन्दा धेरै रहेको तथ्यांकमा जनाइएको छ। 

विभागका अनुसार कतारपछि साउदी, युएई, बहराइन, ओमन, कुवेतमा धेरै नेपाली लागि गएका छन् । पछिल्लो समय खाडीको विकल्पमा जापान, क्यानडा र इजिप्ट लगायतका देश आएका छन् । यी देश पछिल्लो समय नेपालीका लागि आकर्षक गन्तब्य भएका छन् । 

प्रतिक्रिया दिनुहोस्