ओपोको एफ ११ प्रो नेपालमा सार्वजनिक



काठमाडौँ : ओपोले नेपालमा आपो एफ ११ प्रो सार्वजनिक गरेको छ। एफ ११ प्रोमा ४८एमपी अल्ट्रा क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिन पनि उपलब्ध गरिएका छन्। कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्बिर खिच्ने क्षमता लगायत अरू नयाँ प्रविधि फोनमा समाहित गरिएका छन्।

एफ ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दुई चहकिला रङ्गमा उपलब्ध गरिएको छ। एफ ११ प्रोका लागि आयोजित बृहत् सार्वजनिक समारोह मार्फत कम्पनीले एफ ११ र एफ ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन पनि सार्वजनिक गरेको छ। समारोहमा दिइएको जानकारी अनुसार सबै फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि(अर्डर अवधि तोकिएको छ।

सार्वजनिक सबै फोनहरू अप्रिल २९ देखि सर्वत्र बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ। ‘ओप्पो एफ ११’ को बजार मूल्य ३७ हजार ९ सय ९० रहेको छ। ‘ओप्पो एफ११ प्रो’को बजार मूल्य ४७ हजार ९ सय ९० रुपैयाँ छ भने ‘ओप्पो मार्बेल्स’को बजार मूल्य ४९ हजार ९ सय ९० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्