खुर्पाले काटेर पत्नीको ज्यान लिए, टाउको बोकेर हिँडे 



काठमाडौँ : खुर्पाले पत्नीको टाउको छिनाएर भाग्दै गरेका ललितपुरको गोदावरी नगरपालिकाका जयबहादुर वाइबा मंगलबार पक्राउ परेका छन् । 

४२ वर्षीय जयबहादुर वाइवाले मंगलबार बिहान साढे ५ बजे सिन्धुली माइती भएकी ४१ वर्षीया पत्नी मनमाया वाइबाको गोदावरी नगरपालिका-१ बिसंखु गोदामचौरमा विभत्स हत्या गरेका हुन् ।

खुर्पाले टाउको छिनाइ बोकेर हिँड्दै गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । जयबहादुरले पत्नीको टाउकोमा सुरुमा घनले हानेको प्रहरीले जनाएको छ । त्यसपछि खुर्पाले टाउको छिनाएको बयान प्रहरीलाई बताएका छन् ।

जयबहादुरले प्रहरीसँगको बयानमा पत्नीले आफूलाई सधैँ तनाव दिने गरेको बताएका छन् । वाइबा काँचो इँट्टा बनाएर बेच्दै जीविका चलाउँथे ।  वाइबाका दुई सन्तान पनि छन् ।

प्रतिक्रिया दिनुहोस्