शेन वाटसनको आक्रामक ब्याटिंगपछि चेन्नई विजयी



काठमाडौंः आइपिएल अन्तर्गत चेन्नई सुपरकिंग्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको हो ।

हैदरावादले दिएको १७५ रन पछाएको चेन्नईले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । चेन्नईको जितमा शेन वाटसनले सर्वाधिक ९६ रन बनाए । वाटशनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ९६ रन बनाएर चेन्नईको जितको आधार बनाएका थिए ।

चेन्नईका लागि सुरेस रैनाले पनि २४ बलमा ३८ रनको आक्रमक पारी खेलेका थिए । त्यस्तै अम्बाती रायडुले २१ र केदार जादभले ११ रन बनाएका थिए । हैदरावादका बलर भुवनेश्वर कुमार, राशिद खान र सन्दीप शर्माले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो । हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ८३ रन बनाएका थिए । पाण्डेले ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गर्दै ८३ रन बनाएका थिए । त्यस्तै डेभिड वार्नरले ५७ रन बनाए भने विजय शंकरले २६ रन बनाएका थिए । 

चेन्नईका बलर हरभजन सिंहले २ विकेट लिए भने दिपक चहरले एक विकेट लिए । योजितसंगै चेन्नई अंक तालिकामा फेरी शिर्ष स्थानमा फर्किएको छ । चेन्नईले ११ खेलमा ८ जितका साथ १६ अंकसहित चेन्नई शिर्ष स्थानमा फर्किएको हो । त्यस्तै हैदरावाद भने १० खेलमा ५ जित र ५ हारका साथ १० अंक बटुल्दै चौथो स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र किंग्स इलेभेन पंजावका बीच खेल हुने छ ।  

प्रतिक्रिया दिनुहोस्