डडेल्धुरामा बस दुर्घटना हुँदा ७ जनाकाे मृत्यु ,२० जना घाइते



कैलाली : डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो। बसमा जम्मा ३५ यात्रु सवार थिए ।

७ जनाको घटनास्थलमै मृत्यु भएको डडेल्धुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले पुष्टि गरे। धनगढीबाट बझाङका लागि छुटेको  ना ६ ख १८३१  बस  दुर्घटनामा परेको हो। प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धारमा जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्