ग्यास व्यवसायीलाई वार्षिक ९६ करोड कमिसन थप



काठमाडौंः आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ थप कमिसन दिने निर्यण गरेको छ । कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि प्रतिसिलिण्डर करिब २८ रुपैयाँ थप गरिएको हो ।

वृद्धि गरिएको कमिसन बिहीबारदेखि लागू हुँदै छ । ‘व्यवसायीहरुले आन्दोलन गरेपछि उद्योग सञ्चालन ढुवानीलगायत सम्पूर्ण खर्च यकिन नगरी तत्काल कमिसन थपिदिने निर्यण भयो,’ निगमका एक अधिकारीले भने, ‘उद्योगीलाई फाइदा भए पनि उपभोक्तालाई भार पार्ने काम भयो ।’ यो समाचार राजु चौधरीले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्