विद्यालयको सुधारको लागि राष्ट्रिय सम्मेलन हुने



काठमाडौंः सार्वजनिक विद्यालयको सुधारको लागि भन्दै पहिलोपटक राष्ट्रिय सम्मेलन हुने भएको छ । सार्वजनिक विद्यालय रुपान्तरण अभियान सम्बन्धि राष्ट्रिय सम्मेलन नाम दिइएको उक्त सम्मेलन आज भक्तपुरको बोडेमा सुरु हुनेछ ।

शिक्षा मन्त्रालयका अनुसार देशका उत्कृष्ट ३० विद्यालयले सम्मेलनमा प्रस्तुती दिनेछन् भने अन्य विद्यालयले आफ्नो विद्यालय सुधारका लागि उत्कृष्ट विद्यालयसँग छलफल गर्नेछन् । सार्वजनिक विद्यालयको सुधारका लागि सम्मेलन गर्न लागिएको शिक्षामन्त्री गिरीराजमणि पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्