विप्लवकी जिल्ला नेतृ रुपन्देहीबाट पक्राउ



बुटवल : सरकारको प्रतिबन्धमा परेको  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी एक नेत्री रुपन्देहीबाट पक्राउ परेकी छन् ।

नेकपा रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रीय सदस्य कल्पना सुवेदीलाई प्रहरीले गएराति देवदहस्थित उनकै निवासबाट पक्राउ गरेको हो । पक्राउ परेकी सुवेदीलाई जिल्ला प्रहरी कार्यालय भैरहवाको हिरासतमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्