‘तेरे नाम’ को सिक्वेल बन्ने, सलमान पागल प्रेमी बन्ने अनिश्चित



मुम्बई : सुपरहिट फिल्म ‘तेरे नाम’ को सिक्वेल निर्माण हुने भएको छ। तर यसमा बलिउड सुपरस्टार सलमान खान देखिने नदेखिने तय भइसकेको छैन्।

एउटा भावनात्मक पागल प्रेमीको चरित्र जीवन्त पारेका ‘मसलब्वाई’ सलमानको सिउँदो बनाएर निधारबाट तल झरेको लामो कपालवाला ‘तेरे नाम’ लुक्सले सबैलाई मोहित पारेको थियो। उनका प्रशंसकले उनको हेयर स्टाइल औधी रुचाएका थिए।

धेरैबाट ‘तेरे नाम’ फिल्म अधुरो रहेको गुनासो आएको भन्दै डायरेक्टर सतीश कौशिकले सिक्वेलको घोषणा गरेका हुन्। तर सलमानले फिल्म साइन गर्ने नगर्ने भने निश्चित भइनसकेको बताइएको छ।

सतीश र सलमानले सल्लु भाइको रिलिज हुने तयारीमा रहेको ‘भारत’मा एकपटक फेरि सँगै काम गरेका छन्। यसबाट पनि सलमानले उनको सिक्वेलमा काम गर्ने अनुमान गरिएको छ। 

सतीशले मिडियासँग कुराकानीका क्रममा भनेका छन्, ‘म फिल्मको दोस्रो पार्ट बनाउन गइरहेको छु, यो प्रेम कथामा आधारित हुनेछ।’ फिल्म २०१९ को अन्त्यसम्म निर्माण सक्ने तयारीमा रहेको चर्चा चलेको छ।

प्रतिक्रिया दिनुहोस्