भारतका प्रधानन्यायधीशमाथि यौन शोषण आरोप, सर्वोच्चमै सुनुवाई



नयाँ दिल्ली: भारतका प्रधानन्यायधीश रंजन गोगोईमाथि यौन शोषणको आरोप लागेको छ । उनीमाथि लागेको आरोपबारे सर्वोच्च अदालतको विशेष बेन्चमा सुनुवाई भइरहेको छ ।

न्यायधीश एसए बोबडेको अध्यक्षतामा बसेको बेन्चले गोगोईमाथि आरोप लगाएकी महिलालाई सूचना जारी गर्दै २६ अप्रिलमा उपस्थित हुन आदेश दिएको छ।

अर्कातिर गोगोईलाई फसाउन खोजिएको दाबी गर्दै अधिवक्ता उत्सव बैंसले अदालतलाई गोप्य कागजात सुम्पेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यमा सिसिटिभी फुटेज पनि रहेको छ । 

गोगोईमाथि आरोप लगाउन 'कर्पोरेट हाउस' ले बैंसलाई प्रयोग गरेको दाबी गर्दै जाँच एजेन्सीका प्रमुखहरुलाई भेट्ने इच्छा व्यक्त गरेको खुलेको छ ।

पेश गरिएको दस्तावेज अध्ययन गरी जाँच अधिकारीहरुलाई सुनुवाईमा बोलाउने निर्णय भएको छ । उत्सवलाई सुरक्षा प्रदान गर्न अदालतले आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्