अटो दुर्घटनामा १ जनाको मृत्यु, ६ घाइते



सिन्धुली : सिन्धुलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्धटनामा अन्य ६ जना घाइते भएका छन्। जिल्लाको मरिण गाउँपालिका ४ साहानमा ना१ख ४६४९ नम्बरको अटो दुर्घटना हुँदा वडा नम्बर १ की ३७ वर्षीया माया योञ्जनको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेमध्ये ४ जनाको जिल्ला अस्पताल सिन्धुली र २ जनाको कपिलाकोट स्वास्थ्य चौकी मरिणमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले जानकारी दिए। क्षमताभन्दा बढी भार भएकाले अटो दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। 

प्रतिक्रिया दिनुहोस्