एकैदिन तीन भूकम्प, नौबिसे केन्द्र बनाएर अर्को झट्का



काठमाडौँ : धादिङको नौबिसेलाई केन्द्रबिन्दु बनाएर बुधबार एकैदिन तीनवटा भूकम्पकको धक्का महसुस भएको छ । पछिल्लो पटक बुधबार दिउँसो ३ बजेर ५ मिनेटमा नौबीसेलाई केन्द्र बनाएर ३.९ म्याग्निच्यूडको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 

यसलाई केन्द्रले गोरखा भूकम्पको परकम्प भनेको छ । यसअघि बुधबार बिहान ६ बजेर ४० मिनेटमा ४.३ म्याग्निच्यूडको भूकम्पको धक्का महसु भएको थियो । 

त्यसैगरी बिहानै ६ बजेर २९ मिनेटमा धादिङकै नौबिसे केन्द्र भएर ५.२ म्याग्निच्यूडको भूकम्प गएको थियो । यो भूकम्पको धक्का काठमाडौँ उपत्यकामा करिब १२ सेकेन्डसम्म महसुस गरिएको थियो । 

बुधबार बिहानै भारतको अरुणाचल प्रदेशमा पनि शक्तिशाली भूकम्प गएको छ । पूर्वी नेपालमा महसुस हुने गरी त्यहाँ ६.४ म्याग्निच्यूडको भूकम्प गएको अमेरिकन भूगर्भ विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्