डीपीआर ढिलाईले आयोजनाको काम प्रभावित



अछाम : सुदुरपश्चिमको अछाममा निमार्णधिन २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत आयोजनाको डीपीआर तयार नहुँदा आयोजनाको काम प्रभावित भएको छ। अष्टेलियन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सिले १८ महिना भित्र डीपीआर सक्ने गरी आयोजनाको जिम्मा पाएका थिए।

तर, डीपीआर तयार नभएपछि आयोजनाको टेण्डर प्रकृया अघि बढ्न सकेको छैन्। बि.स २०७७ सम्ममा आयोजनाको निमार्ण सक्ने लक्ष्य राखिए पनि अहिलेसम्म डिपिआर तयार भएको छैन्। जसले गर्दा आयोजनाको काम २०८० सम्म सक्ने योजना बनाइएको छ। आयोजनाका निमित्त प्रमुख इन्जिनियर सेरोक्स सुकुपायोका अनुसार डीपीआरको काम अन्तिम चरणमा पुगेको छ।

उनले भने,‘हाईड्रो पावरको अध्ययनका लागी समय धेरै लाग्ने भएकाले डीपीआरको काम लम्बिएको हो।’ आयोजनाबाट उत्पादित विद्युत यस क्षेत्रका जिल्लाहरूमा प्रयोग हुने र बाँकी विद्युत कैलालीको लम्कीस्थित सब–स्टेशनमार्फत केन्द्रीय प्रसारणका जोड्ने योजना रहेको छ।

आयोजना नेपाल सरकार, उर्जा मन्त्रालय, विद्युत विकास बिभागबाट निमार्ण गर्न लागिएको हो। आयोजना निमार्णका लागि साउदी फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टले ३ अर्ब र कुवेत फण्ड फर अरब इकोनोमिक डेभलपमेन्टले १ अर्ब ८० करोड संयुक्त ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले ब्यहोर्ने गरी सम्झौंता भएको थियो।

प्रतिक्रिया दिनुहोस्