राहदानी बनाउन ६ हजार घुस, कर्मचारीसहित दुईजना पक्राउ



इलाम : राहदानी बनाउन पुगेका सेवाग्राहीसँग घुस लिने दुई कर्मचारी पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय इलामका नायव सुब्बा विनोद बिसीले राहदानी बनाइदिने भन्दै सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएपछि पक्राउ परेका हुन् । 

उक्त घुस उठाउन युवा स्वरोजगार कार्यक्रमका स्वंयसेवक भानुभक्त आचार्य परिचालन भएका थिए । आचार्यले सेवाग्राहीबाट ६ हजार रुपैयाँ उठाएर नायव सुब्बालाई बुझाउँदै गर्दा पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले दुवैलाई जिल्ला प्रशासन कार्यालय इलाम परिसरबाटै पक्राउ गरेको हो । पक्राउ परेकालाई थप अनुसन्धानका लागि हिरासतमा लिइएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्