मुस्किलले सुनकोसीमा खस्नबाट बच्यो यात्रुवाहक बस



उदयपुर : उदयपुरमा एक यात्रुवाहक बस ठूलो दुर्घटना हुनबाट बचेको छ। सदरमुकाम गाईघाटदेखि लिमचुङबुङ गाउँपालिकाको बलम्तातर्फ गइरहेको यात्रुबाहक बस बुधबार दिउँसो ठूलो दुर्घटना हुनबाट मुस्किलले बचेको छ।

लिमचुङबुङ ४ बलम्ता लाकुस्थित सुनकोसी किनारमा अनियन्त्रित हुन पुगेको ना३ख ७८२७ नम्बरको यात्रुबाहक बस पल्टनै लाग्दा ढुंगामा अड्किएर ठूलो दुर्घटनाबाट बचेको प्रत्यक्षदर्शीले बताएका छन्।

क्याप्टेन पर्शुराम–पद्मा राईका अनुसार अनियन्त्रित भएर सडकभन्दा डेढ मिटर तल अघि बढेको गाडी पल्टनै लाग्दा ठूलो आकारको ढुंगामा ठोक्किएर अड्कन पुग्दा बस लड्नबाट बचेको थियो।

उनले सो ढुंगा नभएको भए बस सोझै ५० मिटर तल कोसीमा पुग्ने र भएभरका यात्रु सबैको मृत्यु हुने सम्भावना रहेको बताए। उक्त बसमा ५० भन्दा बढी यात्रु रहेको बताइएको छ। ढुंगामा ठोक्किएर बसमा सामान्य क्षति पुगे पनि सबै यात्रु तथा चालक सहचालक सकुशल रहेका छन्।  

प्रतिक्रिया दिनुहोस्