लागू औषधसहित ५ जना पक्राउ



जनकपुरधाम : प्रदेश–२ का विभिन्न जिल्लाबाट लागू औषधसहित प्रहरीले पाँच जनालई पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका ९ स्थित बस्तिपुर चोकबाट ४१ थान नाइट्रोभेट ट्याबलेटसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोहि नगरपालिकाका ३२ वर्षीय दिपक मगर, १९ वर्षीय सागर ठकुरी, एलिस मगर र ३० वर्षीय रंजित मगर रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ना२६प ५५४१ मोटरसाइकललाई चेक गर्दा मोटरसाइकलमा सवार दिपक, सागर र एलिसको साथबाट लागू औषध बरामद गरेको थियो।

अनुसन्धानका क्रममा लागू औषध ओसारपसार आरोपमा निजका साथी सागर र रञ्जितलाई समेत पक्राउ गरेको छ। त्यसैगरी सिरहाको बरियारपट्टी गाउँपालिका ३ स्थित समार टोलबाट समेत प्रहरीले अवैध लागू औषधसहित सिन्धुलीको दुधौली नगरपालिका निवासी रमेश महतोलाई पक्राउ गरेको छ। भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंकाको आधारमा प्रहरीले चेकजाँच गर्दा महतोको साथबाट ८०–८० थान नोर्फीन, फेनारगन र ७९ थान डाइजोल्याब बरामद गरेको छ।

यसैबीच पर्साको वीरगन्ज महानगरपालिका १२ मुरलीस्थित एक पोखरीबाट प्रहरीले १० किलो चरेश बरामद गरेको छ। पोखरीमा स्थानीय बालकहरूले नुहाइरहेका क्रममा लुकाएर राखिएको सो परिमाणको चरेश फेला परेको थियो। घटनाबारे अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्