घटुवा भएका केन्द्रीय सदस्यले जिल्ला सचिवबाट राजीनामा दिए 



रुपन्देही : सत्तारुट नेकपाको रुपन्देही सचिवमा मनोनित दधिराम शर्मा न्यौपानेले पदबाट राजीनामा दिएका छन्।  प्रदेश–५ का सांसद रहेका न्यौपाने पूर्व माओवादी पोलिटब्यूरो सदस्य र एकतापछि केन्द्रीय सदस्य भइसकेका व्यक्ति हुन्।

सचिवमा मनोनित भएलगत्तै न्यौपानेले सचिवमा बस्न नमिल्ने बताउँदै आएका थिए। उनले मंगलबार इमेलमार्फत केन्द्रीय समिति र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सचिव पदबाट राजीनामा दिएका हुन। तर, उनले यसलाई सहमतिय राजिनामा भनेर ब्याख्या गरेका छन्।

‘म असन्तुष्ट भएर राजीनामा दिएको होइन्, सहमति अनुसारनै राजीनामा दिएको हुँ’,न्यौपानेले भने। उनले प्राविधिक कारणले आफू सचिव पदमा परेको तर मर्यादाक्रमले नमिल्ने भएकाले सचिव पदमा नहरने जानकारी गराए। न्यौपाने यहाँका शक्तिशाली नेता मानिन्छन्।

तर सोमबार केन्द्रीय नेतृत्वले घोषणा गरेको जिल्ला समितिमा भने न्यौपाने सचिव र बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए। उनले यो निर्णय आएसँगै सचिवमा आफू नहरने बताउँदै आएका थिए। पूर्व माओवादीको जिल्ला संयोजक भएकाले आफ्नो नाम आएको उनको तर्क छ। 

प्रतिक्रिया दिनुहोस्