कर नतिरेको भन्दै नवलपुरमा जलाइयो एनसेलको सिम



कावासोती : कर नतिरेको भन्दै नवलपरासीमा युवाहरुले निजीक्षेत्रको मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाको सिमकार्ड जलाएका छन् । 

सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा युवाहरुले सिमकार्ड जलाएका हुन् । राज्यलाई कर नतिरेको भन्दै युवाहरुले बुधबारदेखि एनसेलको सिम प्रयोग नगर्ने घोषणा गरेका छन् ।

सामाजिक अभियन्ता किरण भुर्तेलसहितका युवाहरुले फलफूलचोकमा एनसेलका सिम, एनसेल सिम खरिद गर्दा लिइने फारम र कागजपत्र जलाउँदै एनसेलको सिम प्रयोग नगर्ने बताएका हुन् । 

सरकारलाई ४० अर्ब रुपैयाँ भन्दा बढी राजश्व नबुझाएको भन्दै अन्यत्र पनि यस्तो अभियान जारी छ । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता सुरेन्द्र भण्डारीले एनसेलबिरुद्द अभियानै छेडेका छन् । कर नतिरेको भन्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एनसेलको पूर्वाधारमा आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्