ह्याम्मरले हानेर छोराको हत्या



दोलखा : दोलखामा बाबुले छोराको हत्या गरेका छन्। जिल्लाको शैलुङ गाउँपालिका ४ का २२ वर्षका बेदबहादुर केसीलाई बाबु चुडाबहादुर केसीले हत्या गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। मृतक केसी जन्मजातै कान नसुन्ने व्यक्ति थिए।

प्रहरीका अनुसार गत वैशाख २ गते देखि हराइरहेका केसी बुधबार गाउँ नजिकैको खहरे खोलामा मृत भेटिएका हुन्। बेदबहादुरले गएको २ गते घरमा फोहोर गरेपछि आवेशमा आएका बाबु चुडाबहादुरले ह्याम्मरले हानेर छोराको हत्या गरेका थिए।

टाउकोमा ह्याम्मर हाने लगतै घटनास्थलमै मृत्यु भएका छोराको शव ब्लैंकेटमा पोको पारी नजिकको खहरे खोलामा लगेर फालिएको बयान प्रहरी सामु बाबु चुडाबहादुरले दिएका छन्। २ गते देखि नै गाउँबाट बेदबहादुर बेपत्ता भएपछि प्रहरीले खोजी गरिरहेको थियो। 

प्रतिक्रिया दिनुहोस्