धनुषामा जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सुरु



जनकपुरधाम : धनुषामा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिन सुरु गरिएको छ। वंशजको आधारमा नागरिकता दिन गृह र सर्वोच्चले आदेश दिएको एक हप्तापछि धनुषामा नागरिकता वितरण प्रक्रिया सुरु गरिएको हो।

सर्वोच्च अदालतले जन्मसिद्ध नागरिककका सन्तानको नागरिकतामा लगाएको रोकलाई पुनः फुकुवा गरे पनि प्रदेश–२ को धनुषामा नागरिकता वितरण कार्य सुरु हुन सकेको थिएन। नागरिकता वितरण हुन थालेसँगै जिल्ला प्रशासन कार्यालय धनुषामा सयौंको संख्यामा जन्मसिद्धका नागरिकका सन्तानको भीड देखिन थालिएको छ।

अहिले आवश्यक कागजातसहित नागरिकता सम्बन्धी निवेदन लिने काम सुरु भएको छ। निवेदकविरुद्ध आवश्यक अनुसन्धान गरी तीन–चार दिनपछि क्रमशः नागरिकता दिइने जनाइएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले विगतमा केही नक्कली नागरिकता फेला परेका कारण वास्तविक नेपाली नागरिकका सन्तानलाई मात्रै नागरिकता दिन कडाई गरिएको बताए। 

प्रतिक्रिया दिनुहोस्