धनगढीमा मनाइयाे गणतन्त्र दिवस (फोटो फिचर)



धनगढी : आज जेठ १५  गणतन्त्र दिवस, सुदूरपश्चिम प्रदेशको धनगढीमा बिभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाईएको छ । 

धनगढीको मुख्य चौराहादेखी झाँकी सहितको र्याली प्रदेशको आन्तरीक मामीला तथा कानुन मन्त्रालयमा पुगेर औपचारीक कार्यक्रमका बिच समापन भएको छ । कार्यक्रममा प्रमुख अतिथी प्रदेश प्रमुख मोहनराज मल्ल, मुख्यमन्त्री त्रिलोचना भट्ट लगाएतका मन्त्री, प्रदेश सासंद, कर्मचारी, सुरक्षाकर्मी लगाएतका बिशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

    

२०६२/०६३ को आन्दोलनपछि भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । दुई सय ३८ वर्ष लामो शाहवंश राज परम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्