श्रीमान श्रीमतिको मर्यादाक्रम समान !



काठमाडौं : विशिष्ट व्यक्तिहरूको स्थान कहाँ रहने भनेर निष्कर्ष निकाल्ने काम गृह मन्त्रालयले गर्छ । मर्यादाक्रम सरकारद्वारा आयोजित कुनै सभा समारोहमा आसन मिलाउने प्रयोजन हेतु सामान्य मार्गदर्शनको लागि पनि हो ।  

नेपाल सरकारले २०७६ वैशाख १६ गते राजपत्रमा प्रकाशित गरेको मर्यादाक्रममा पदाधिकारीका पति वा पत्नीलाई आमन्त्रण गरिएको औपचारिक समारोहमा दुवैको मर्यादाक्रम पदाधिकारी सरह नै हुने उल्लेख छ ।यस्तै मर्यादाक्रममा समावेश नभएका व्यक्तिहरुलाई कुनै सरकारी निकायले  गरेको कार्यक्रममा मर्यादाक्रम निर्धारण गर्नुपर्ने भएका गृहमन्त्रालय र विदेशीको हकमा परराष्ट्रमन्त्रालयसंग सम्पर्क राखी क्रम तोक्न भनिएको छ ।

प्रदेश सरकार र स्थानीय तहमा खटिएका अधिकृतको मर्यादाक्रमपनि नेपालसरकारको सधिकृत सरहनै हुनेछ । यस्ते सेवा निवृत्त राष्ट्रसेवक वा पदाधिकारीको हकमा सम्बन्धित पदको मर्यादाक्रमको एक तह मुनिको मर्यादाक्रम हुने उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्