माेरङमा भ्यानकाे ठक्करबाट तीन पैदलयात्री घाइते, एककाे मृत्यु



मोरङ : धनपालथान गाउँपालिका ४ गदिया खोलानजिक मंगलबार भ्यानकाे ठक्करबाट एक पैदलयात्रीकाे मृत्यु भएकाे छ। दुर्घटनामा २ जना घाइते भएका छन्।

रंगेली विराटनगर सडक खण्डमा बिहान ६ बजे एनएमसी डेरी उद्योग झापाको मे१च ४६०९ नम्बरको भ्यानले पैदलयात्री धनपालथान गाउँपालिका ४ का १२ वर्षीय मोहमद जवारका १८ बर्से किशाेर मोहमद जवार, मोहमद कैफ र धनपाल थान ५ का अफसार अन्सारीलाई ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका मोहमद जवारको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते तीनै जनाको न्यूरो अस्पताल विराटनगर उपचार भइरहेको बेला जवारको बिहान साढे ६ बजे मृत्यु भएको हो । अन्य दुई जनाको सोही अस्पतालमा उपचार भईरेहेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट गएको प्रहरी टोलीले ठक्कर दिने भ्यान र चालक झापा मेची नगरपालिका ७ का २२ वर्षीय गोविन्द प्रसाद अधिकारीलाई नियन्त्रणमा लिईएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्