सोनार समाजले नारायणी अस्पतालका बिरामीलाई फलफूल बाँड्याे



वीरगञ्ज : नेपाल सोनार समाज पर्साले आफ्नो समाजिक उत्तरदायित्व पूरा गर्दै नारायणी अस्पतालमा उपचारार्थ बिरामीहरुलाई फलफूल वितरण गरेको छ। अस्पतालमा उपचारका लागि भर्ना भएका करिब १ सय ५० जना बिरामीहरुलाई बुधबार समाजले फलफूल वितरण गरेको हो।

कार्यक्रममा बोल्दै समाजका पर्सा जिल्ला अध्यक्ष भुलन सर्राफले समाजिक कार्य अघि बढाउन अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल तथा मिनरल वाटर (पानी) वितरण गरेको बताए । 

समाजका अगुवाहरु आफ्नो समाजिक उत्तरदायित्व निर्वाह गर्नको लागि पहिलो चरणमा अस्पतालमा भना भएका विरामीहरुलाई फलफुल वितरण गरी शिघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् ।

समाजमा पिछडिएर हरेको क्षेत्रमा सोनार समाजले अग्रणी भुमिका निर्वाह गर्नपछि नहट्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष सर्राफले भने, ‘अगामी दिनमा पनि समाजमा अति विपन्न र पिछडिएका व्यक्तिहरुको उत्थानमा लागि काम गर्ने छु।’ 

फलफुल वितरण कार्यक्रममा समाजका अगुवा प्रोफेसर प्रमोद गुप्ता सर्राफ, बच्चा सर्राफ, मोहनलाल सर्राफ, ओम प्रकाश सर्राफ, सुनचादी व्यवसायी संघ पर्साका अध्यक्ष निरज सर्राफ, समाजका सचिव प्रवेश सर्राफ, नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापती एवं समाजका अगुवा विजय सर्राफ, वडा नम्बर ३ का वडाध्यक्ष वैजु स्वर्णकार, वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, वडा प्रहरी कर्यालय विर्ताका प्रहरी निरीक्षक निशान्त थापा लगायतको सहभागिता थियो । 

प्रतिक्रिया दिनुहोस्