श्रीमतीलाई गर्भवती पारी अर्कैसँग बिहे गरेपछि…



ताप्लेजुङ : सिदिङ्बा गाउँपालिका–४ साब्लाखुका विजय ताम्लिङ लिम्बूले श्रीमतीलाई गर्भवती बनाएर अर्को विवाह गरी बेपत्ता भएका छन्। अन्तरजातीय विवाह गरेका उनले अर्को विवाह गरी बेपत्ता भएपछि उनकी गर्भवती श्रीमती प्रमिला सिवाको विचल्ली भएको छ।  

पाँचथरको याङ्वरक गाउँपालिका–४ की प्रमिलाले एक वर्षअघि विजयसँग प्रेमविवाह गरेकी थिइन्। सिवालाई झुक्याएर विजयले दोस्रो विवाह गरेपछि उनी पाँचथर थर्पुस्थित माइतीमा बस्दै आएकी थिइन्।

विवाहपछि श्रीमान् र सासू–ससुरासँगै झापाको काँकडभिट्टामा बस्दै आएकी प्रमिलाले श्रीमानको घरपरिवार र आफन्तजनबाट नै अन्तरजातीय विवाह गरेकै कारण दुर्व्यवहार र शारीरिक यातना खेप्नुपरेको छ।

गएको पुस महिनामा विजयले अर्कैसँग विवाह गरेपछि उनी सिवाको सम्पर्कमा छैनन्। गाउँपालिकामा सहयोगको याचना गर्न जाँदा गाउँमा पैसा उठाएर गर्भपतन गराउनू भन्ने जवाफ आएको उनले बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्