यस पटककाे बजेटमा प्रदेश ३ ले भौतिक पूर्वाधारमा जाेड दिने



हेटौंडाः प्रदेश ३ ले आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वधार विकासमा प्राथमिकता दिने भएको छ। आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलका भने, 'सबैभन्दा बढी रकम भौतिक पूर्वाधार विकासका क्षेत्रमा खर्च गरिनेछ, सबै क्षेत्रलाई समेटेर सन्तुलित बजेट ल्याउँछौ।’

‘चालु आर्थिक वर्षमा समेट्न नसकिएका योजनाले पनि बजेटमा प्राथमिकता पाउनेछन्', उनले थपे, 'प्रदेशका गौरवका आयोजनाहरुलाई विशेष प्राथमिकता दिएका छाैं।' ढङ्गेलले रकम फ्रिज नहुने गरी बजेट कार्यान्वयन गर्ने गरी रणनीति बनाइरहेको पनि जानकारी दिएका छन्।  

बजेट निमार्णमा संलग्न कर्मचारीका अनुसार करिब ५० अर्बको बजेट ल्याउने तयारी भइरहेको छ। 

नयाँ आर्थिक वर्षको बजेटमा चालुसँगै पुँजीगत खर्च बढ्ने अनुमान मन्त्रालयकाे छ। कर्मचारी अभावका कारण चालुतर्फका बजेटमा समेत न्यून खर्च भएकोमा आगामी वर्ष खर्च बढेर जाने मन्त्रालयको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्